• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल ★   देश विकास हुनबाट रोक्न काँग्रेसले ‘स्यालहुँइया’ मच्चायो: ओली ★   अस्ट्रेलियाले इंग्ल्याण्डलाई विश्वकपमा समूह चरणबाटै बाहिर पठाउने षड्यन्त्र गरेको हो ? ★   जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला ★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन – रवि लामिछाने



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा एक युवकले ज्यान गुमाएकोप्रति चिन्ता व्यक्त गर्दै सभापति लामिछानेले लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने जनाएका छन् ।

साथै, सभापति लामिछानेले दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन सरकारसँग जोडदार माग समेत गरेका छन् ।

सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।