४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा २८ हजार ७९३ जनालाई कोरोना विरुद्धको खोप



अ+ अ-

दाङ । दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो । 

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र  जनप्रतिनिधि गरी चार हजार ३३३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

त्यस्तै फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीन अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८  स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो ।