३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दाङमा २८ हजार ७९३ जनालाई कोरोना विरुद्धको खोप

दाङमा  २८ हजार ७९३ जनालाई कोरोना विरुद्धको खोप
अ+ अ-

दाङ । दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो । 

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र  जनप्रतिनिधि गरी चार हजार ३३३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

त्यस्तै फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीन अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८  स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो ।