२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगारु बलर अगाडि पाकिस्तानी ब्याट्सम्यान निरिह, सिड्नी सिरिजमा पाहुना टोलीलाई क्लिन स्वीप



अ+ अ-

एजेन्सी । पाकिस्तान र अष्ट्रेलियाबीच सिड्नीमा जारी अन्तिम टेस्ट म्याच सकिएको छ ।

अष्ट्रेलियाले खेल ८ विकेटले जितेको छ । तेस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाका बलरहरूले आफ्नो दबदबा देखाउँदै पाकिस्तानको ६८ रनमा ७ विकेट लिएका थिए ।

यस्तो अवस्थामा चौथो दिन कङ्गारु बलरले पाकिस्तानको सम्पूर्ण टिमलाई ११३ रनमा प्याभिलियन पठायो । रिजवान र आमिरले आठौं विकेटका लागि ४२ रनको साझेदारी गरे । योसँगै अष्ट्रेलियाले पाकिस्तानलाई ३–० ले सिरिजमा क्लिन स्वीप गरेको छ ।

चौथो दिन अष्ट्रेलियाका लागि कमिन्सले १ र नाथन लियोनले २ विकेट लिए । यसअघि हेजलउडले ४ विकेट, नाथन लियोनले ३ तथा स्टार्क, कमिन्स र हेडले १/१ विकेट लिएका थिए । अस्ट्रेलियाको इनिङ्सको कुरा गर्ने हो भने शुरुवात अलि ढिलो थियो ।

उस्मान ख्वाजा ० रनमा प्याभिलियन फर्किए । अनुभवी ओपनर डेभिड वार्नरले आफ्नो अन्तिम टेस्टको अन्तिम इनिङ्समा मैदान उत्रे र अन्तिम पटक अर्धशतक बनाए । वार्नरले ७५ बलमा ७ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेले ।

यसपछि लाबुस्चेनले पनि ७३ बलमा ९ चौकासहित ६२ रनको अविजित इनिङ खेले । वार्नरले लाबुस्चेनसँग दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । स्मिथ ४ रनमा अविजित रहे । पाकिस्तानका लागि साजिद खानले दुई विकेट लिए । यसबाहेक कुनै बलरले विकेट लिन सकेनन् ।

पहिलो इनिङ्समा ब्याटिङमा ८२ रन र बलमा ६ विकेट लिएका आमिर जमाल म्यान अफ द म्याच घोषित भए । यसबाहेक अष्ट्रेलियाका कप्तान कमिन्स प्लेयर अफ द सिरिज रहे ।