१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

परिवारका लागि चिकित्सकको सपना थाती राखेका जयशंकर बरहथवामा अस्ताए

परिवारका लागि चिकित्सकको सपना थाती राखेका जयशंकर बरहथवामा अस्ताए
अ अ+ अ-

काठमाडौं । बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको आज दु :खद निधन भएको छ ।

बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का तिनै ३० वर्षीय छात्र जयशङ्करको मृत्यु भयो । विरोध प्रदर्शनलाई नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो ।

बंगलादेशमा उनीसँगै एमबीबीएसमा अध्ययनरत साथी अनिल सिंहले पठाएको अडियोमा सिंहले जयशंकर एक क्षमतावान र मिलनसार विद्यार्थी रहेको बताएका छन् ।

उनी भन्छन्, बुबाको उपचारका लागि नेपाल जान्छु भन्दै बरहथवा आएका साहले बुबालाई पनि बचाउन सकेनन् । बुबाको उपचारको क्रममा मृत्यु भएपछि विदा लिएर आमासँगै केही समय बस्ने योजनामा थिए उनी । आज प्रहरीको गोली लागेर ज्यान गएको खबर सुन्दा हामी सबै स्तब्ध भएका छौं ।

सिह हाल स्थानीय सर्लाही होटलका सञ्चालक तथा कुखुरा दानाको हलसेल बिक्रेता हुन् । बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका उनलाई बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए । तीनवर्ष अघि बंगाली रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए ।

सहपाठी सिंहले आक्रोश पोख्दै प्रश्न गरेका छन्, अब हाम्रो साथी कहिल्यै नफर्किने गरी हामीबीच बाट विदा भयो । यो देशमा आज सरकारले एउटा चिकित्सकको हत्या गरेको मात्र होइन धेरैको स्वदेश प्रतिको सपना मारेको छ । आखिर के गर्न खोजेको हो सरकारले ? विद्यार्थी युवालाई ताकि ताकि सरकारले किन गोली चलाइरहेको छ ?

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।

बरहथवामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।