५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल



अ+ अ-

काठमाडौँ । पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

कुसुन्ती युवा क्लवको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो । शुक्रवार क्लवले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिष्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ । तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौति रहनेछ ।

यद्यपि, उनीहरूको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो । तीबाहेक टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन् । यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौं पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लवबाट प्रतिष्पर्धा गर्दैछन् । ४० वर्षभन्दा माथि उमेरसमूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउण्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ । सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पुर्‍याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्‍यो ।