• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा

‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदै, यसबाट पृथ्वीलाई कुनै खतरा छ ?



एजेन्सी । सगरमाथा जत्तिकै ठूलो ‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदैछ । वैज्ञानिकहरूले यस धूमकेतुको नाम डेभिल (शैतान) राखेका छन्, तर यसको वैज्ञानिक नाम १२ पी/पोन्स–ब्रुक्स हो । यो धूमकेतु हरेक १५ दिनमा ज्वालामुखी जस्तै विस्फोट हुन्छ, जसका कारण वैज्ञानिकहरुले यसलाई शैतान भनेका छन् ।

विस्फोटको समयमा, धूमकेतुबाट बरफ र ग्यास उत्सर्जित हुन्छ । जब धूमकेतु विस्फोट हुन्छ, यो जनावरको सिङ जस्तो आकारको देखिन्छ । यस वर्षको अप्रिलमा यो धूमकेतु पृथ्वीको नजिकबाट जाने वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार धूमकेतुमा हुने विस्फोट ज्वालामुखी विस्फोटजस्तै हुन्छ । वास्तवमा धूमकेतुलाई क्रायोभोल्केनिक धूमकेतु वा चिसो ज्वालामुखी धूमकेतु भनेर चिनिन्छ । खगोलविद्हरूले पत्ता लगाएका छन् कि यो दुई हप्ताको अवधिमा घुम्छ, यसको क्रायोज्वालामुखी भेन्ट सूर्यतिर मोडिन्छ । त्यसपछि घामले तताउँदा भेन्ट विस्फोट हुन्छ ।

ब्रिटिस एस्ट्रोनोमिकल एसोसिएसनका रिचर्ड माइल्सले धूमकेतु १२पीमा सुपर क्रायोगेजर रहेको बताए । यसको विस्फोट स्थानीय सूर्योदयपछि त्यसको स्थानमा हुन्छ । यस धूमकेतुको व्यास लगभग १८.६ माइल छ ।

विस्फोटपछि यो धूमकेतु केही दिनसम्म सामान्यभन्दा १०० गुणा उज्यालो देखिएको थियो । पोन्स ब्रुक्स पनि यस वर्षको अप्रिलमा पृथ्वीको धेरै नजिक हुनेछ र मे र जुनमा नाङ्गो आँखाले देख्न सकिनेछ ।

वैज्ञानिकहरूले १२ पी/पोन्स–ब्रुक्सलाई ह्याली प्रकारको धूमकेतुको रूपमा वर्णन गरेका छन् । ह्यालीले हरेक ७१ वर्षमा पृथ्वीको परिक्रमा गर्छ ।

ह्याली धूमकेतुलाई आफ्नो कक्षमा परिक्रमा गर्न ७६ वर्ष लाग्छ । नासाले ह्याली धूमकेतु अब २०६१ मा देख्न सकिने जानकारी दिएको छ ।