१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकल छिर्न नसक्ने गल्लीमा काठमाडौँ महानगरपालिकाबाट फायर फाइटिङ् जडान- फोटो फिचर



अ+ अ-

काठमाडौँ :काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ ।

ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइन जडान गरेर परीक्षण गरिएको हो । यसको लागत करिब ८ लाख रुपैयाँ रहेको छ ।

परीक्षण सफल भयो । यसबाट थप सुरक्षा महसुस गर्ने वातावरण बनेको छ । परीक्षणपछिको प्रतिक्रियामा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले भन्नुभयो, ‘आउँदो बर्ष अरु गल्लीहरुमा पनि प्रणाली जडान गर्नेछौँ ।’

अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ । दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बिचमा ४ वटा आउटलेट छन् । आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।‘ कुँवर भन्नुहुन्छ, ‘८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।’

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका विभिन्न विन्दु (४५ मिटरदेखि ७५ मिटरको दुरी) मा आउटलेट राखिएको हुन्छ ।

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।