७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल–नेपाल समुहमा आजदेखि समानान्तर भेला सुरू, आज महिला भेला हुँदै



अ+ अ-

काठमाडौं । आजदेखि नेकपा एमालेका (माधवकुमार नेपाल–झलनाथ खनाल) समूहले समानान्तर भेला सुरू गर्ने भएको छ । आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला कालीमाटी ब्यांक्वेटमा एघार बजे बोलाइएको छ । भेलालाई खनाल–नेपालले सम्बोधन गर्दैछन् । 

त्यसैगरी भोलि युवा संघको भेला पनि हुदैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

पछिल्लो समय एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको हो ।