९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।   

जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ । 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ । 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । (रासस/एएनआई)