८ भाद्र २०८३, सोमबार
,
Latest
भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सो बारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री कपलगत्तै ‘ए’ टीमको घोषणा गरिने उनले बताए । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ‘ए’ टीम एकदमै जरुरी रहेको उनको भनाई छ ।

यस्तै, क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । जसअनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ । तीन खेलको उक्त सिरिज नेपालमा हुनेछ ।

क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला आयोजना गर्ने छ । त्यस्तै, सचिव खड्काले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने बताएका छन् ।