• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

मनाङको अवस्था– हिउँको खात, पाइपमै जम्यो पानी, गाइबस्तु चराउन गाह्रो -फोटो फिचर



मनाङ । मनाङको अवस्था निकै कष्टकर छ । हुनत हिउँ नपरी यहाँको पर्यावरण हराउँछ तर हिउँ परेपनि जनजीवन कष्टकर बन्दै जान्छ ।

सहरीयालाई यो हिउँ हेर्दा मज्जा लाग्न सक्छ तर परिस्थिति यहाँ अलग्गै छ । मानिस बेँसी झरिसकेका छन् । तर वस्तुभाउ जोगाउन र गाउँ कुर्न कोही त माथि लेकमै बस्नुपर्छ । उसको दैनिकी कठिन छ । आज मनाङको तापक्रम माइनस ८ छ ।

हिउँको खात बढ्दै छ आजभन्दा भोलि बढी । अनि यता पानीका स्रोतहरु पनि हिउँ नै भैसकेका छन् । धारामा पनी जमेको छ, खस्दैन । हिउँ पगाल्नलाई पारिलो घाम चाहिन्छ तर तापक्रम नै माइनस ८ भएपछि हिउँ पग्लिने कुरा पनि भएन ।