२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना हुँदा एकको मृत्यु



अ+ अ-

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा सुवेदी गम्भीर घाइते भएका थिए । मोटरसाइकलमा सवार सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । 

यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । (रासस)