• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ

भारतीय बिदेश मन्त्री आज आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने



काठमाडौँ । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । उनले आजै राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ ।

साथै उनले भोलिसम्मको आफ्नो दुई दिने भ्रमणका क्रममा यहाँका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कायक्रम रहेको छ । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसपछि उनले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटबार्ता गर्नेछन ।

त्यसलगत्तै आजै १ः१५ बजेबाट मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यसपछि उनले आज र भोलि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ । राजनीतिक दलका नेताहरु कोसँग कतिबेला भेट्ने भन्ने विषयको कार्यतालिका भने सार्वजनिक गरिएको छैन । सम्झौता पछि बिदेश मन्त्री जयशंकरले ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाइएको छ ।

साँझ ६ः१५ देखि सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ । २ दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोलि स्वदेश फर्कनेछन ।