१७ श्रावण २०८३, आईतवार
,
Latest
काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बिदेश मन्त्री आज आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने



अ+ अ-

काठमाडौँ । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । उनले आजै राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ ।

साथै उनले भोलिसम्मको आफ्नो दुई दिने भ्रमणका क्रममा यहाँका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कायक्रम रहेको छ । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसपछि उनले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटबार्ता गर्नेछन ।

त्यसलगत्तै आजै १ः१५ बजेबाट मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यसपछि उनले आज र भोलि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ । राजनीतिक दलका नेताहरु कोसँग कतिबेला भेट्ने भन्ने विषयको कार्यतालिका भने सार्वजनिक गरिएको छैन । सम्झौता पछि बिदेश मन्त्री जयशंकरले ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाइएको छ ।

साँझ ६ः१५ देखि सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ । २ दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोलि स्वदेश फर्कनेछन ।