२० आश्विन २०८१, आईतवार
,
Latest
एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा, सूर्य तामाङ लुम्बिनीमा राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारीका दुई जना पुर्पक्षका लागि थुनामा, जिबी राईसहित १५ जना अझै फरार



अ+ अ-

पोखरा । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत अपचलनमा थप दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’लाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ समेत फरार थिए ।

उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि न्यायाधीश थापाको इजलासले अर्याल र गुरूङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना अझै फरार छन् । पोखरा महानगरले गरेको छानबिनका अनुसार उनीहरूले सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ ।

ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका सहकारीका पूर्वअध्यक्ष जिबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट मात्रै कम्तीमा १० करोड रुपैयाँ गैरकानुनी रूपमा टेलिभिजनमा लगानी गरेको छानबिन प्रतिवेदनमा जनाइएको छ ।