२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

घरेलु टीम सशस्त्र प्रहरी क्लब (एपीएफ) की नियमित सदस्य ज्योतिले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

बुधबार टियु क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै एपीएफले उपाधि जितेसँगै उनले नेपाल र घरेलु दुबैबाट सन्न्यास लिएको जानकारी दिएकी हुन् । उनलाई एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो ।

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२३ जुनमा मलेसियाविरुद्ध खेलेकी थिइन् । ज्योतिले नेपालबाट १७ महिला टि२० आई खेल खेलेकी छिन् । उनले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् ।