१७ भाद्र २०८३, बुधबार
,
Latest
संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

घरेलु टीम सशस्त्र प्रहरी क्लब (एपीएफ) की नियमित सदस्य ज्योतिले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

बुधबार टियु क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै एपीएफले उपाधि जितेसँगै उनले नेपाल र घरेलु दुबैबाट सन्न्यास लिएको जानकारी दिएकी हुन् । उनलाई एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो ।

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२३ जुनमा मलेसियाविरुद्ध खेलेकी थिइन् । ज्योतिले नेपालबाट १७ महिला टि२० आई खेल खेलेकी छिन् । उनले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् ।