७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी खोस्न सक्दैनन् –माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताउनुभएको हो ।

आफुहरु सधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय कार्यकर्ता भेलामा सहभाीलाई कारवाही गर्ने अध्यक्षले चेतावी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “पुर्व एमालेको ठाउँमा फर्किऔ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन । पार्टी एकतावद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते  दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुनजुन संरचना थिए । जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन ।”

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफुहरुले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिनुभयो । केही समय अघि अध्यक्ष ओली समुह अन्र्तगतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।