२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजासंग राप्रपाका पाँच नेताको भेट: ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरेको पूर्वराजाको भनाई



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका पाँच नेतासंग भेट गर्नुभएको छ । दुई साता देखि भैरहवामा व्यस्त रहनुभएका पूर्वराजाले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहसंग भेट गर्नुभएको छ ।

भेटमा पूर्वराजा शाहले आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने जनाउदै आफ्ना काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको बताउनु भएका भेटमा सहभागी राप्रपा उपाध्यक्ष मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार पूर्वराजा शाहले सबै नेपाली आफ्ना लागि बराबर भएको जनाउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग छलफल गर्न भैरहवा डाक्नुभएको बुझिएको छ ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने पूर्वराजा शाहको तयारी छ ।