५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजासंग राप्रपाका पाँच नेताको भेट: ऐतिहासिक संस्थाको प्रतिनिधित्व गरेको पूर्वराजाको भनाई



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका पाँच नेतासंग भेट गर्नुभएको छ । दुई साता देखि भैरहवामा व्यस्त रहनुभएका पूर्वराजाले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहसंग भेट गर्नुभएको छ ।

भेटमा पूर्वराजा शाहले आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने जनाउदै आफ्ना काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको बताउनु भएका भेटमा सहभागी राप्रपा उपाध्यक्ष मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार पूर्वराजा शाहले सबै नेपाली आफ्ना लागि बराबर भएको जनाउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग छलफल गर्न भैरहवा डाक्नुभएको बुझिएको छ ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने पूर्वराजा शाहको तयारी छ ।