२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलका स्टार फर्वार्ड औबामेयाङ बार्सिलोनासँग अनुबन्धित



अ+ अ-

इङलिस फुटबल क्लब आर्सनलका फर्वार्ड एवं अफ्रिकी मुलुक ग्याबोनका अन्तर्राष्ट्रिय खेलाडी पिएरे–एमेरिक औबामेयाङले आर्सनल छाडेका छन् । उनले आगामी जुन २०२५ सम्म स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेको बुधबार घोषणा गरिएको छ ।

३२ वर्षीय औबामेयाङलाई बार्सिलोनाले ११ करोड ३० लाख अमेरिकी डलरमा अनुबन्धित गरेको बताइएको छ । आर्सनलमा पछिल्लो समय खटपट भएपछि निराश औबामेयाङले मागेजति रकम बार्सिलोनाले तिर्न नसक्ने बताएपछि उनले आफ्नो ज्याला घटाएका थिए ।

कोभिड–१९ का कारण बार्सिलोना क्लब आर्थिक संकटमा रहेको र क्लब अहिले झण्डै एक अर्ब युरो घाटामा रहेको बताइएको छ ।

औबामेयाङले ३०० भन्दा बढी गोल गरेर रेकर्ड कायम गरेका छन् ।

आर्सनलले मंगलबार मात्र उनलाई अन्य क्लबमा अनुबन्धित हुने गरी अनुमति दिएको थियो । उनी स्पेनी क्लबमा अनुबन्धित हुन हाल स्पेन पुगिसकेका छन् ।

लियोनेल मेस्सी जस्ता फर्वार्ड बेचिसकेको बार्सिलोना अहिले स्पेनी ला लिगामा पाँचौं स्थानमा छ । एट्लेटिको म्याड्रिड भन्दा एक अंकले पछाडि रहेको बार्सिलोनाले आइतबार आफ्नो गृह मैदानमा एट्लेटिकोसँग खेल्दैछ, र सम्भवतः औबामेयाङले बार्सिलोनाबाट पहिलो खेल खेल्नेछन् ।

जर्मान फुटबल क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१८ जनवरीमा औबामेयाङ आर्सनल आएका थिए । त्यसबखत उनलाई आर्सनलले ५ करोड ६० लाख पाउन्ड दिएको हल्ला चलेको थियो । उनले आर्सनलमा चार वर्ष बिताउँदा क्लबका लागि १६५ वटा खेल खेलेका र ९२ वटा गोल गरेका थिए ।

तर सन् २०२० पछि प्रिमियर लिगमा उनको खेलस्तर कमजोर हुँदै गएको थियो । गत जनवरीमा अफ्रिकी कप अफ नेसन्समा उनी ग्याबोनको राष्ट्रिय टोलीमा सहभागी भएका थिए तर कोरोनाभाइरस संक्रमण भएकाले पहिला दुई खेल उनी खेल्न पाएनन् ।

औबामेयाङले क्लब छाडेपछि आर्सनलको अग्रपंक्तिमा समस्या आउने अनुमान गरिएको छ । अहिले प्रिमियर लिगमा आर्सनल छैटौं स्थानमा रहेको छ ।  एपी