• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई, कोशी ११ रनले पराजित



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउदै एपीएफले उपाधि हात पारेको हो । यससँगै उपाधि विजेता एपीएफले ५ लाख र उपविजेता कोशीले ३ लाख पाउने भएका छन् ।

उपाधिको लागि एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन् । काजोलले २२ र ओपनर अप्सरी बेगमले ८ रन बनाईन् ।

एपीएफको जितमा करुणा भण्डारी र सीता रानामगरले १-१ विकेट लिइन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । एपीएफको जितमा प्रमुख ब्याटर इन्दु बर्माले अर्धशतक बनाएकी थिईन् । उनले ४७ बलमा ६ चौका र १ छक्कासहित ५३ रन बनाईन् । निशा शाहले २७ रन बनाउदा रोमा थापा १४, ममता चौधरी ३ र सीता रानामगरले १ रन बनाईन् ।

कोशीकी अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक बनाएकी थिईन् । उनले अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा, दोस्रो बलमा नेरी र तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् । बेगमले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले २ विकेट लिदा रुविना क्षेत्री र निशा शाहले १र१ विकेट लिइन् ।