२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई, कोशी ११ रनले पराजित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउदै एपीएफले उपाधि हात पारेको हो । यससँगै उपाधि विजेता एपीएफले ५ लाख र उपविजेता कोशीले ३ लाख पाउने भएका छन् ।

उपाधिको लागि एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन् । काजोलले २२ र ओपनर अप्सरी बेगमले ८ रन बनाईन् ।

एपीएफको जितमा करुणा भण्डारी र सीता रानामगरले १-१ विकेट लिइन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । एपीएफको जितमा प्रमुख ब्याटर इन्दु बर्माले अर्धशतक बनाएकी थिईन् । उनले ४७ बलमा ६ चौका र १ छक्कासहित ५३ रन बनाईन् । निशा शाहले २७ रन बनाउदा रोमा थापा १४, ममता चौधरी ३ र सीता रानामगरले १ रन बनाईन् ।

कोशीकी अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक बनाएकी थिईन् । उनले अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा, दोस्रो बलमा नेरी र तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् । बेगमले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले २ विकेट लिदा रुविना क्षेत्री र निशा शाहले १र१ विकेट लिइन् ।

 




भर्खरै