७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपाल सहितका नेतालाई स्पष्टीकरण सोध्ने एमालेको संसदीय बोर्डको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गरेकने भन्दै माधब नेपाल सहित नेताहरु लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संसदीय बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्न भएको भन्दै नेपाल सहित नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले नेकपा एमाले भै सकेपछि पनि पार्टीको बैठकमा उपस्थित नहुने तर बाहिर बाहिर गुटको भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता एमाले संसदीयदलको बैठक जारी गरेकै समयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद सोम प्रसाद  पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी ओलीलाई बुझाउनु भएको छ ।  

ज्ञापनपत्र बुझेपछि  प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गर्दे  ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव नस्वीकारिँने जबाफ दिनु भएको थियो ।