४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

७९ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिवार देशभर ७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुइ हजार ६३७ जनाको पिसिआर परिक्षणमा ७९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएसंगै निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ । नेपालमा हालसम्म २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । शजिवारसम्म क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।