• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?

ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ



symbolic picture

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । रासस