१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

एमसीसी परियोजनालाई भूराजनीतिक बिषय बनाईयो: दलका नेताहरु

एमसीसी परियोजनालाई भूराजनीतिक बिषय बनाईयो: दलका नेताहरु
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरुले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उहाँले आरोप लगाउनुभयो ।

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘सत्तामा रहेका नेताहरु जानि जानि भूराजनीतिक द्वन्द निम्त्याउँदै हुनुहुन्छ । एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाईको विषय हो । तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् ।

विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ । र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलाशमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन ।’

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उहाँले स्पष्ट पार्नुभयो । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ । कुनै बाहानाबाजि स्वीकार्य छैन । र नेकपा(एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरु कसैको साहारा लिनुपर्ने, अरु कसैको बैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरु र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ति तथ्यहरु नै जनताका मन जित्नकालागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको धारणा राख्नुभयो । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भएपनि एमालेले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरुले संसद बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईहरुलाई सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनि लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त ।’

नेता रिजालले वर्तमान सत्ता गठबन्धन सँग जिवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताउनुभयो । उहाँले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताउनुभयो ।