१ भाद्र २०८३, सोमबार
,
Latest
रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा सभामुख समस्या हुनुभयो: बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं।पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टी(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीका बारेमा सभामुख अग्नि सापकोटाले समाधान गर्ने भन्दा पनि समस्या खडा गरेको आरोप लगाउनु भएको छ।सामाजिक संञ्जाल मार्फत नेता भट्टराईले सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ–जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ? नेता भट्टराईले लेख्नुभएको छ "हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण छ।प्रमुख प्रतिपक्षले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छरुजिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?"

सभामुख अग्नि सापकोटाले  “एमसीसी संसद्को मात्र विषय नरहेका कारण, यो नागरिकस्तरमा पनि धेरै बहस र छलफल भएको विषय भएको ले  दलहरु राष्ट्रिय सहमति खोजेर मात्र संसद् मा आउन आग्रह गर्नुभएको थियो ।