२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश ज्वालाको बचाउ गर्दै माधव नेपालले भने – सूचनाको अभावमा फस्नुभो



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गर्नुभएको छ ।

नेकपा (एस) का उपमहासचिव समेत रहनुभएका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भईरहेका बेला उहाँको सो प्रतिक्रिया आएको हो । सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमाम बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रिय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यक्ता नभएको पनि बताउनु भयो ।

उहाँले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भिर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बालकुमारीमा अस्ती एउटा घटना घट्यो । त्यो घटनाले हामी सबैलाई घच्घच्याएको छ । नेपाली युवाहरुको विदेशमा पलायन । यो नेपाली युवा, नेपाली जनता विदेशमा जानका लागि ओइरो लागेर जाने स्थिति जुन बनिराखेको छ । गाउँमा युवाहरु खाली भईरहेका छन । गाउँ युवा विहिनी बनिरहेको छ । यो समस्या जुन त्यहाँ देखापर्योे । यस सन्दर्भमा चर्चाको शिलशिलामा मन्त्रीजीको पनि चर्चा आयो । यस बारेमा म बताऊ । बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बसिरहेको थियो । ठयाक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला ।

हाम्रो बैठक बसीरहेको थियो पूर्वतिर । हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ । त्यसमा फस्नुभएको हो । त्यसो हुनाले अरु कुनै शिलशिलामा होइन । आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने शिलशिलामा सम्भवत त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रुपमा कसैले पनि लिनुपर्ने आवश्यक्ता छैन ।

यो मैले प्रष्ट पार्नैपर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भिर छ । र, यस सवालमा सरकार पनि गम्भिर छ । र, सरकारले जुन गोली चलेको घटनाको सन्दर्भमा, दुई जनाको मृत्यु भएको सन्दर्भमा त्यसलाई गम्भिरताका साथ लिएर त्यसमा छानविन गर्ने काम पनि गर्न अगाडि सरेको छ । र, जहाँबाट गल्ती भएको छ । तिनीहरु दण्डित हुनुपर्दछ । र, यस्तो घटना घटेको सन्दर्भमा सबै सरोकारवाला निकायले पनि आफैले आत्म चिन्तन गर्नुपर्ने आवश्यक्ता पनि छ ।’

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।




भर्खरै