२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रश्न: आन्दोलन भइरहेको ठाउँमा हुलहुज्जत गर्न मन्त्री किन गएको ? (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरुले आन्दोलन गरिरहेको थाहा हुँदाहुँदै मन्त्री जस्तो मान्छे गाडीमा झण्डा हल्लाउँदै त्यहाँ किन पुगेको भनी प्रश्न गर्नुभएको छ ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्री नै हुल हुज्जत गर्न पुगेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो , ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ?

ओलीले भन्नुभयो ‘हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेको मात्र होईन निर्मम रुपले बन्दुकको कुन्जाले हानेर कुटीकुटी मारेको छ । गोली चलाइएको मात्र होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

हुलहुज्जत हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गर्नुभयो । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्योरु नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको थियो ।