२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै अभिनेत्री दीपिका प्रसाईँ



अ+ अ-

काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक एवं दीपिकाका पति दिवाकर भट्टराईले यसबारे जानकारी दिएका हुन् । निर्देशक भट्टराईले सामाजिक सञ्जालमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सन्तान प्राप्त गर्न लागेको जनाएका छन् ।

भट्टराईलेले सामाजिक सञ्जालमा दीपिकाको तस्बिर सहित लेखेका छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दैछौं अनि म बाबा । अनि म कति खुसी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौ । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो । माया जीवन भर तिमीसँगै यसै गरी हिँड्न पाईराखौँ । यही एउटा चाहना छ ।’ 

दिवाकर र दीपिका ४ वर्षअघि वैवाहिक वन्धनमा बाँधिएका थिए । यी दुई पछिल्लो समय ‘मायावी’ फिल्ममा व्यस्त छन् । फिल्मको सुटिङ सम्पन्न भइसकको छ ।