२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोमाथी रियल म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा भइको खेलमा करिम बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३–१ ले हराएको छ । लयमा रहेका फ्रान्सेली खेलाडीले गोल गरेको यो लगातार छैटौं खेल हो ।

उनले २० र ३० औं मिनेटमा गोल गरेपछि रियलका लागि मार्को एसेसिओले अर्को एक गोल थपे । सेल्टा भिगोका तर्फबाट सान्टी मिनाले एक गोल फर्काए ।

यो जितपछि रियल २८ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा उक्लेको छ । उसको अगाडि एट्लेटिको म्याड्रिडको ६३ अंक छ ।