२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोमाथी रियल म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा भइको खेलमा करिम बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ३–१ ले हराएको छ । लयमा रहेका फ्रान्सेली खेलाडीले गोल गरेको यो लगातार छैटौं खेल हो ।

उनले २० र ३० औं मिनेटमा गोल गरेपछि रियलका लागि मार्को एसेसिओले अर्को एक गोल थपे । सेल्टा भिगोका तर्फबाट सान्टी मिनाले एक गोल फर्काए ।

यो जितपछि रियल २८ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा उक्लेको छ । उसको अगाडि एट्लेटिको म्याड्रिडको ६३ अंक छ ।