२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईका ब्याट्सम्यानले गेल–रोहितले पनि गर्न नसक्ने काम गरे, छक्का प्रहार गरेर विश्व कीर्तिमान बनाए



अ+ अ-

एजेन्सी । अफगानिस्तान र युएईबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा मोहम्मद वासिमले विश्व क्रिकेटमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले गर्न नसकेको उपलब्धि हासिल गरेका छन् ।

युएईका कप्तानले शानदार ब्याटिङ गर्दै ३२ बलमा ५३ रनको शानदार इनिङ खेलेका थिए जसको आधारमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा मोहम्मद वासिमले आफ्नो ५३ रनको इनिङ्समा ४ चौका र तीन छक्का प्रहार गरेका थिए । यी तीन छक्कासँगै वसिमले सन् २०२३ मा छक्काको शतक पनि पूरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा वासिम एक वर्षमा १०० छक्का प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । वासिमअघि अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । वासिमले यो वर्ष १०१ छक्का प्रहार गरेका छन् ।




भर्खरै