४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नयाँ वर्ष सन् २०२४ मा चीनका राष्ट्राध्यक्ष सीको सन्देश: देश समृद्धि हुने र विश्व शान्ति हुने अपेक्षा

नयाँ वर्ष सन् २०२४ मा चीनका राष्ट्राध्यक्ष सीको सन्देश: देश समृद्धि हुने र विश्व शान्ति हुने अपेक्षा
अ+ अ-

बेईजिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ देश समृद्धि हुने र विश्व शान्ति हुने शुभकामना व्यक्त गर्नुभएको छ। नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा सीले चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत दिनुभएको शुभकामनामा सन् २०२३ मा चीनले पाएको विकास उपलब्धिबारे संक्षेप गरी सन् २०२४ देश समृद्धि हुने र विश्व शान्ति हुने अपेक्षा गर्नुभएको छ ।

सन्देशमा उहाँले न्यानो जीवन तथा पुन:उत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्नु भएको छ। साथै एउटा जिवित तथा न्यानो चीन पनि देखाउनु भएको छ। न्यानो जीवन तथा पुन:उत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्दै एउटा जिवित तथा न्यानो चीन पनि देखाइएको सीले व्यक्त गर्नुभयो।

सीले अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको, स्वच्छ पानी र हरियो पहाड विकासका ठूला प्रगति भएका, ग्रामीण पुन:उत्थानको नयाँ अवस्था देखिएको उल्लेख गर्नुभयो। उहाँले सी ९१९ ठूलो विमान व्यावसायिक उडान संचालनमा आएको, स्वयं उत्पादित क्रुज पानी जहाजको परीक्षण संचालन भएको, शनचौ परिवार स्पेसमा रिले भएको भन्दै “फनतौच” नम्बर एकदम गहिरो समुद्रमा पुगेको भन्दै चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको बताउनु भएको छ। जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिएको पनि आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।

सीले चीन-मध्य एशिया शिखर सम्मेलन, तेस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च समेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरिएको र विश्वका विभिन्न क्षेत्रका मित्रलाई चीनमा स्वागत गरेको व्यक्त गर्नुभएको छ।

सी चिनफिङले आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव रहेको स्मरण गर्दै चिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथ अघि सार्नुपर्ने र हाम्रो लक्ष्य धेरै भव्य र धेरै सरल पनि रहेको कुरामा जोड दिनु भएको छ। त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्ने हो भन्ने कुरा उहाँले दोहोर्याउनुभएको छ।

सीले वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको र चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन रूपमा बुझेका भन्दै चीनले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएको आफ्नो शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ।