३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले फेरि थप्यो ६ भ्रातृ संस्थाको म्याद (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार बेलुका सम्पन्न बैठकले पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।

कांग्रेसद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यावधि ६ महिना थप गर्ने निर्णय गरिएको जनाइएको छ ।

यस्तै, संविधान कार्यान्वयनले नै अहिले देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक समस्याहरु हल गर्न सक्ने कांग्रेस बैठकको निष्कर्ष छ । यसका लागि बाह्रबुँदे समझदारी र वृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्ष कांग्रेसले निकालेको छ ।

साथै। राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरु मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरुलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णयहरुः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/12/CamScanner-12-31-2023-13.39-1.pdf” title=”CamScanner 12-31-2023 13.39 (1)”]