६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणको आरोपमा चाबहिलबाट चार जना पक्राउ



अ+ अ-

काठमाडौँ । चाबहिलबाट एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिएको छ । मङ्सिर १० मा रसुवा घर भएका हिस्सीछायाँ तामाङलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पिडीत तामाङले अपहरणकारीले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको प्रहरीलाई खबर गरेका थिए । अपहरणकारीले साढे १३ लाख फिरौती लिएको उनको भनाई छ ।

पक्राउ पर्नेमा काठमाडौंको बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुरको थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने विरे तामाङ छन्।

अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए। घटनाबारे आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।