१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीले ५ महिनामा २६ करोडको चुइगम पड्काए



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ लाख किलोग्राम भन्दा बढि चुइगम भित्रिँएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २६ करोड ८२ लाख २९ हजार रुपैयाँ बाहिरिएको जनाएको छ ।

विभागले यस मंसिरसम्ममा चुइगम आयातबाट २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको थियो । यो चालू वर्षको तुलनामा कम हो ।