२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको नाम उल्लेख नगरी मुख्यमन्त्रीले शुभकामना दिएपछि…



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशको नाम नै उल्लेख नगरी तमु ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ ।

नेपाल सरकारको निशाना छापसहित मुख्यमन्त्री, विराटनगर, नेपाल मात्र उल्लेख भएको शुभकामना सन्देशमा उहाँले कतै पनि कोशी प्रदेश उल्लेख गर्नुभएको छैन । लेटरहेडमा उल्लिखित विराटनगर, नेपालले कतै पनि प्रदेशको नाम के हो भन्ने जानकारी दिन सक्तैन । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ । पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् । सम्भवतः पहिचानवादीहरुको विरोध र दबाबकै कारणले मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नगरेको हुनसक्छ ।