• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नटिङहम फरेस्टसँग हार्यो म्यान्चेस्टर युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा युनाइटेड नटिङहम फरेस्टसँग युनाइटेड २–१ गोलले पराजित भएको हो ।

नटिङहम फरेस्टको घरेलु मैदान सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ६४ औं मिनेटमा निकोलास डोमिनग्वेजले गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ८२ औं मिनेटमा मोर्गान गिब्स ह्वाइटले गोल गर्दै नटिङहमलाई २–१ गोलको जित दिलाए ।

यो नतिजासँगै युनाइटेड २० खेलबाट ३१ अंकका साथ तालिकाको सातौं स्थानमा छ । नटिङहम २० अंकका साथ १५ औं स्थानमा छ ।