३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव: नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं। नेपालमा कोरोना संक्रमण बढ्न सक्ने अबस्था देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कार्यहरु नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने अबस्थालाई मध्यनजर गर्दै भीडभाड नगर्न अनुरोध गरेको हो । त्यसैले नेपालमा सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

साथै सामाजिक र भौतिक दूरी कायम गरि मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।