२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको बहादुरभवन देखी बालुवाटारसम्म पदयात्रा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न माग गर्दे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले निर्वाचनको मिति तय गर्न सरकारको ध्यानाकर्षण पत्र गराएको निर्वाचन आयोगको पत्र प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा पुर्योएको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सहितको टोलीले आज बिहान निर्वाचन आयोग कान्तिपथ बाट  मार्चपाससहित बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयमा पत्र बुझाएको हो । अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत  ध्यानाकर्षण पत्र बुझाएको हो ।स्थानीय निर्वाचनको मितिका तोक्न माग गर्दे  अनेरास्ववियुले केही दिनदेखि देशव्यापी  दवाबमुलक कार्यक्रम गर्दे आईरहेको छ ।