४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म महिला, दुःख मेरो साथी’ (फोटोफिचर)



अ+ अ-

म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ । न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरु । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन ।

छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना । म मेरो सपना देख्ने हक राख्दिन । मैले त मेरो श्रीमान, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ । ‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्वमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेको तस्बिरहरु आजको फोटो फिचरमा ।