११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन: योगेश भट्टराई

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन: योगेश भट्टराई
file photo
अ अ+ अ-

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गर्नुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताउनु भयो । उहाँले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याएपनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताउनु भयो ।

भट्टराईले निगमलाई निजी नभइ नेपाल टेलिकमको मोडलमा लैजन आफू मन्त्री भएको बेला काम थालेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताउनु भयो । उहाँले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गर्नुभयो । उहाँले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को हवाई सुरक्षाको कालोसूचिमा छौं । त्यसका धेरै कारणहरु छन् । अहिले विश्वभरी चलिरहेको हवाई सुरक्षाको कुरा पनि छ । यसमा अन्तर्राष्ट्रि शक्ति सघर्षको कुरा पनि छ । आज विश्व जुन धु्रविकरणमा छ । त्यो धु्रविकरणको प्रभाव नेपालको हवाई उडानमा पनि छ । त्यसबाट पनि हामी प्रभावित छौं । पछिल्लो दिनमा नेपालले हवाई क्षेत्रमा गुणस्तर बढाउनुपर्ने थियो । उनीहरुले जति गुणस्तर खोजेका थिए । त्यति नपाउँदा त्यो हुनै पर्छ भनेका छन् । यसमा सबै भन्दा ठूलो कारण राजनीति नै हो । जे भएपनि हामी त्यहाँबाट निस्कनु छ । हामीले युरोपमा नेपाली जहाज उडाउँदैनौं त ? उडानुपर्छ । कोभिडको बेलामा मानविय सम्वेदनशिलतामा पनि उडान दिएनन् भने यो चानचुने विषय होइन । अहिलेको इयुको अडिटले कतिपय सकारात्मक कुराहरु देखाएको छ । नागरिक उड्डयन प्राधिकरणको मात्रै प्रयासले पुगेन सरकारको प्रतिवद्धता खाजेको छ ।’

‘त्यही बेला म मन्त्री भएको बेला प्राधिकरण विभाजन गरौं भनेको थिए । संसदमा दर्ता भएको विधेयकको विषयमा छलफल गर्ने बेलामा मन्त्री नै नपाएपछि अहिलेसम्म विद्येयक कहाँ छ थाहा छैन । सरकारले इयुलाई कन्भिस गर्नुपर्छ । नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर समाचार बढे । त्यस्तो भए अध्यक्षलाई बोलाएर माला लगाई दिनुपर्ने हो । यति सक्षम अध्यक्षलाई कतार एयरलान्सले पनि पछि खोज्छ होला ? २२ अर्ब नाफा कमाउनेले ५० अर्बमा २२ अर्ब घटाएर ब्याज घटाए भयो । नक्कली डाटा दिनु भएन । नेपाल एयरलाइन्सको स्टक्चरल परिर्वतन गर्न आवश्यक छ । यो भनेको आजको अवस्थामा जहाज थप्नुस् । हामी तपाईलाई सहयोग गछौं । पारदर्शीता होस् । जति वटा विमान ल्याए पनि नेपाल वायु सेवा निगम जुन ढङ्गले चलेको छ यसले केही पनि उभो लाग्दैन । मैले यसलाई पब्लिक कम्पनीमा जानुपर्छ भनेको हो । प्राइभेट कम्पनी भनेको होइन । आज पनि नेपाल टेलिकम पब्लिक कम्पनी हो । यसरी नै नगएसम्म नेपाल वायु सेवा निगमको उद्वार हुँदैन । त्यो भनेको हिमाल सिमेन्ट उद्योग जस्तो बनाउने हो ।’

उहाँले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताउनु भयो । उहाँले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व धु्रविकरण लगायत कारण रहेको बताउनु भयो । उहाँले सरकारले प्राधिकरण टुक्र्याउने शर्तलाई मान्न आवश्यक रहेको बताउनु भयो ।