• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन: योगेश भट्टराई



file photo

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गर्नुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताउनु भयो । उहाँले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याएपनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताउनु भयो ।

भट्टराईले निगमलाई निजी नभइ नेपाल टेलिकमको मोडलमा लैजन आफू मन्त्री भएको बेला काम थालेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताउनु भयो । उहाँले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गर्नुभयो । उहाँले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को हवाई सुरक्षाको कालोसूचिमा छौं । त्यसका धेरै कारणहरु छन् । अहिले विश्वभरी चलिरहेको हवाई सुरक्षाको कुरा पनि छ । यसमा अन्तर्राष्ट्रि शक्ति सघर्षको कुरा पनि छ । आज विश्व जुन धु्रविकरणमा छ । त्यो धु्रविकरणको प्रभाव नेपालको हवाई उडानमा पनि छ । त्यसबाट पनि हामी प्रभावित छौं । पछिल्लो दिनमा नेपालले हवाई क्षेत्रमा गुणस्तर बढाउनुपर्ने थियो । उनीहरुले जति गुणस्तर खोजेका थिए । त्यति नपाउँदा त्यो हुनै पर्छ भनेका छन् । यसमा सबै भन्दा ठूलो कारण राजनीति नै हो । जे भएपनि हामी त्यहाँबाट निस्कनु छ । हामीले युरोपमा नेपाली जहाज उडाउँदैनौं त ? उडानुपर्छ । कोभिडको बेलामा मानविय सम्वेदनशिलतामा पनि उडान दिएनन् भने यो चानचुने विषय होइन । अहिलेको इयुको अडिटले कतिपय सकारात्मक कुराहरु देखाएको छ । नागरिक उड्डयन प्राधिकरणको मात्रै प्रयासले पुगेन सरकारको प्रतिवद्धता खाजेको छ ।’

‘त्यही बेला म मन्त्री भएको बेला प्राधिकरण विभाजन गरौं भनेको थिए । संसदमा दर्ता भएको विधेयकको विषयमा छलफल गर्ने बेलामा मन्त्री नै नपाएपछि अहिलेसम्म विद्येयक कहाँ छ थाहा छैन । सरकारले इयुलाई कन्भिस गर्नुपर्छ । नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर समाचार बढे । त्यस्तो भए अध्यक्षलाई बोलाएर माला लगाई दिनुपर्ने हो । यति सक्षम अध्यक्षलाई कतार एयरलान्सले पनि पछि खोज्छ होला ? २२ अर्ब नाफा कमाउनेले ५० अर्बमा २२ अर्ब घटाएर ब्याज घटाए भयो । नक्कली डाटा दिनु भएन । नेपाल एयरलाइन्सको स्टक्चरल परिर्वतन गर्न आवश्यक छ । यो भनेको आजको अवस्थामा जहाज थप्नुस् । हामी तपाईलाई सहयोग गछौं । पारदर्शीता होस् । जति वटा विमान ल्याए पनि नेपाल वायु सेवा निगम जुन ढङ्गले चलेको छ यसले केही पनि उभो लाग्दैन । मैले यसलाई पब्लिक कम्पनीमा जानुपर्छ भनेको हो । प्राइभेट कम्पनी भनेको होइन । आज पनि नेपाल टेलिकम पब्लिक कम्पनी हो । यसरी नै नगएसम्म नेपाल वायु सेवा निगमको उद्वार हुँदैन । त्यो भनेको हिमाल सिमेन्ट उद्योग जस्तो बनाउने हो ।’

उहाँले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताउनु भयो । उहाँले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचिमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व धु्रविकरण लगायत कारण रहेको बताउनु भयो । उहाँले सरकारले प्राधिकरण टुक्र्याउने शर्तलाई मान्न आवश्यक रहेको बताउनु भयो ।