९ भाद्र २०८३, मंगलवार
,
Latest
पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सभामुख हटाउन खोजे एमालेले साथ दिन्छ: टोपबहादुर रायमाझी (भिडियो सहित)



अ+ अ-

काठमाडौ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनु भएको छ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रश्ताव ल्याए एमालेले सहयोग गर्ने बताउनु भएको हो ।

उहाँले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताउनु भयो । सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताउनु भयो । उहाँले सत्ता महागठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई सुचारु रुपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताउनु भयो ।

सचिव रायमाझीले भन्नुभयो, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरु, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिशन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानूनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ । हाम्रो विषयमा पनि कुरा छ । हामी निश्चित रुपमा आफ्नो निर्णय ग-यौं । किनभने पार्टी फुटाउने कुरा एमाले र माओवादी बन्नुपर्छ भनेर सर्वोच्चले गर्ने कुरा होइन, पार्टीहरुले गर्ने कुरा हो भन्दा पनि त्यो भयो । त्यसपछि हामीले आफ्नो स्वविवेक प्रयोग गरेका हौँ । यो महागठबन्धन लोभी पापीहरुको एउटा झुण्ड हो । यस्तो सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाउनु भयो । उहाँले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताउनु भयो ।