२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सस्पेन्स् थ्रिलर चलचित्र ‘A’ आगामी तिहारमा प्रर्दशन हुँदै



अ+ अ-

काठमाडौं । चलचित्र 'A' को प्रर्दशन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स्  थ्रिलर चलचित्र 'A' आगामी २०७८ सालको तिहारमा हुने भएको हो । 

तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताउनुभयो । यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् । त्यस्तै अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगाएत रहेका छन् । बाल कलाकारमा भने जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहनेछ । चलचित्रमा द्वोन्द्व राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् ।

यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ । चलचित्रको नेपालभरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ ले लिएको छ ।