४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महिला क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार

महिला क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार
अ+ अ-

ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् । 

च्याम्पियनसिप प्रतियोगिता चैत २१ देखी २८ गते सम्म आयोजना हुँदैछ । प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै छनन् । ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । 

यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने नेपाल क्रिकेट संघले बताएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । कुल ७ खेल हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।