१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

युक्रेन तनाव : युरोपमा थप सेना पठाउने बाइडेनको निर्णय, कूटनीतिक समाधानका लागि प्रयास जारी

युक्रेन तनाव : युरोपमा थप सेना पठाउने बाइडेनको निर्णय, कूटनीतिक समाधानका लागि प्रयास जारी
अ अ+ अ-

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई हजार अमेरिकी सेनालाई पोल्याण्ड र जर्मनीमा तैनाथ गर्न आदेश दिएका छन् । बिहीबार पेन्टागनले दिएको जानकारी अनुसार थप एक हजार सेनालाई जर्मनीबाट रोमानियामा सार्ने तयारी भइरहेको छ ।

त्यसो गरेर बाइडेनले युक्रेनमा रूसी सैन्य आक्रमणको डरको बीचमा नेटोको पूर्वी भागमा आफ्ना सहयोगीहरूप्रति अमेरिकाको वफादारी देखाउन खोजिरहेका छन्।

रुसले यस कदमको विरोध गर्दै सेनाको तैनाथीलाई निराधार र ‘विपत्तिजनक’ भन्यो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग पनि फोनवार्ता गरेका छन् । तर दुवै देशका सरकारका विज्ञप्तिबाट भने यस विषयमा सहमति हुन नसकेको देखिन्छ ।

फानवार्तामा पुटिनले पश्चिमले रूसको सुरक्षा चिन्ताहरूमा कुनै ध्यान नदिएको बताएका छन् । बेलायती प्रधानमन्त्री जोनसनले युक्रेनी सीमामा रुसको ‘शत्रुतापूर्ण गतिविधि’ बारे गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ एक लाख रूसी सेना तैनाथ गरेको बताए । 

बाइडेन प्रशासनले अब संकटको कूटनीतिक समाधान खोज्ने प्रयासलाई कमजोर नगरी अमेरिकी प्रतिबद्धता देखाउने प्रयास गरिरहेको छ। तर बाइडेन प्रशासनले नेटोको पूर्वी भागमा रहेका बाल्टिक देश इस्टोनिया, लाटभिया र लिथुआनियामा सेना पठाएको छैन।

पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्बीले अमेरिकी सेनाको तुरुन्तै तैनाथीले अमेरिका र सहयोगीहरूको मनोबल बढाउने उद्देश्य राखेको बताए। “यो स्थायी कारवाही होइन”, उनले भने। उनले रुसले युक्रेनको सिमानामा लगातार सेना तैनाथ गरिरहेको बताए । 

यसैबीच रुसी उपविदेशमन्त्री अलेक्ज्याण्डर ग्रुस्कोले इन्टरफ्याक्स समाचार एजेन्सीलाई भनेका छन्,  “निराधार विध्वंसक उपायहरूले सैन्य तनाव मात्र बढाउनेछ र राजनीतिक निर्णयहरूको दायरा कम गर्नेछ।” एपी