• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

ब्राइटनले टोटेनहमलाई ४–२ गोलले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राइटनले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन जोआओ पेड्रोले दुई तथा ज्याक हिन्सेलवुड र पेर्भिस स्टुपिनानले एक–एक गोल गरे ।

पेड्रोले दुबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको ११ औं मिनेटमा हिन्सेलवुडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० गोलले अघि बढाए ।

यस्तै, इस्टुपिनानले ६३ औं र पेड्रोले ७५ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, ८१ औं मिनेटमा अलेजो भेलिजले र ८५ औं मिनेटमा बेन डेभिसले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै टोटेनहम १९ खेलबाट ३६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन ३० अंकका साथ आठौं स्थानमा छ ।