२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि उदय निरौलाको ‘अस्ताउदो घाम’ लोकार्पण



अ+ अ-

काठमाडौं । आज कवि उदय निरौलाको 'अस्ताउदो घाम' कवितासङ्ग्रह पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोकार्पण गर्नुभएको छ । उहाँले कवि निरौलाको व्यक्तित्व र सिर्जनाबारे आफ्नो धारणा राख्दै निरौलाको लेखनको प्रशङ्सा गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभू घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, लेखनकुन्जका अध्य‍क्ष कमल ढकाल,  कथाकार एवं पत्रकार विजय चालिसे , कवि समालोचक ललिजन रावल, सर्जक उदय निरौला, समाजसेवी विश्वराज रेग्मीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

२०४८ सालको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रथम हुनुभएका उहाँको पाँचवटा पुस्तक प्रकाशित भइसकेको छ । पत्रकार चन्द्र बानियाले सन्चालन गर्नु भएको कार्यक्रममा कवि रमेश पौडेलले लोकार्पित कृतिबाट कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा पुष्कर लोहनी, प्राज्ञ मातृका पोख्रेल, पत्रकार तेजप्रकाश पण्डित, सखी प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार मन्जिला अनिल, साहित्यकारहरु विमल भौकाजी, रत्नमणि नेपाल, डम्बर पहाडी, दिब्य गिरी, डेनी निरौला, प्राज्ञ नन्दु उप्रेती, रुपा पौडेल, एल्सा शर्मा, रवि प्रान्जल आदिको उपस्थिति रहेको थियो ।