• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

पाथीभराको भेटी रकम साढे आठ करोड



ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा संकलित भेटी रकम मिलाउँदै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिरः सन्तोष पुर्कुटी / रासस

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा रु साढे आठ करोडको भेटी सङ्कलन भएको छ ।

भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

बैंकमा मुद्दती खातामा रु छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र रु दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ । रासस