४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट
अ+ अ-

ढोरपाटन । बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गरेका थिएनन् । अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ ।

आँखैअगाडि देखिने हिमशृङ्खला, अग्ला पहाड र यहाँबाट देखिने अनगिन्ती मनमोहक दृश्यले आगन्तुकलाई आकर्षण गरिरहेको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् । जसले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरेको छ ।

विसं २०७२ मा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गर्दा भिरैभिर रहेको पञ्चकोटमा अहिले सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत जर्दनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लागनीले अहिले पञ्चकोट देशभर चर्चित छ ।

बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा पर्छ । बजारबाट नजिक र सहजरूपमा पुग्न सकिने हुँदा दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । बागलुङ बजारबाट २० मिनेट गाडीको यात्रामा पञ्चकोट पुग्न सकिन्छ । नजिकै बागलुङ कालिका र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा यहाँ आउने पर्यटक पनि पञ्चकोटमा उक्लने गरेका छन् ।

पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको छ । पर्यटकलाई आकर्षण गर्न र धार्मिक संस्कृति संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो ।

दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने गरेकामा बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक पुग्ने उहाँको भनाइ थियो।

“पञ्चकोटमा अहिले धेरै संरचना बन्ने चरणमा छन्, पहिले यहाँ आउने पर्यटक निकै कम भएकामा पछिल्लो समय प्रचार–प्रसार बढी भयो र देश–विदेशका पर्यटक आउने गरेका छन्, पर्यटक आउने दिन खाली हुँदैन, जहिले पनि आइराख्छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “बजार नजिकै भयो, सडक पनि राम्रै छ, त्यही भएर पनि पर्यटक आउन सहज भएको हो, बिदाका दिन सबैभन्दा बढी पर्यटकको आगमन हुन्छ, पर्यटन प्रवर्द्धन र कलश निर्माणका लागि आगामी फागुनमा नेपालकै सबैभन्दा ठूलो र पहिलो महायज्ञ गर्न थालेका छौँ, त्यसका लागि तयारी भइरहेको छ ।”

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीले पर्यटक आगमन बढेसँगै होटल व्यवसाय फस्टाउन थालेको बताउनुभयो । पञ्चकोट र मुस्ताङको मुक्तिनाथ जाने धार्मिक पर्यटकका लागि बागलुङ ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा पर्यटक बढ्दै गएको उहाँको भनाइ थियो । जिल्लाका पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित गर्न र पर्यटकलाई एक रात बागलुङमै बस्ने वातावरण बनाउन जरुरी रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । यस वर्ष पर्यटकको चाप बढेको अध्यक्ष राजभण्डारीको भनाइ थियो ।

अध्यक्ष राजभण्डारीले भन्नुभयो, “बागलुङमा धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटक पनि आउँछन्, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका नजिक भएकाले एकैपटक तीन धार्मिकस्थलको दर्शन गर्न सकिन्छ, पर्यटक आए पनि बागलुङमा कम बास बस्ने गरेका छन्, अहिले मुक्तिनाथ जाने तीर्थालु बढी बागलुङमा बास बस्ने गरेका छन्, अब बागलुङमा आएकालाई पनि कसरी हुन्छ बास बस्ने वातावरण बनाउनुपर्छ ।”

देवघाटबाट घुम्न आउनुभएका दिपेश आचार्यले पञ्चकोट निकै मनमोहक रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँमा आकर्षक र कलात्मकरूपमा बनेका संरचनाले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा फोटो तथा भिडियो देखेर आफू परिवारसहित पञ्चकोट दर्शनका लागि आएको जानकारी दिनुभयो । पञ्चकोटमा आएका बेला एकैपटक तीनवटा धार्मिक क्षेत्रको दर्शन गर्न पाइएको उहाँको भनाइ थियो । एकै ठाउँमा आधा घण्टाको दूरीमा यति धेरै धार्मिकस्थल कमै ठाउँमा रहेको आचार्यले बताउनुभयो।

“बागलुङ कालिकामा धेरैपटक आएको थिएँ, शालिग्राम सङ¬्ग्रहालय र पञ्चकोट आउन पाएको थिइनँ, धेरैले पञ्चकोट पुग्नुपर्छ भन्ने गर्थे, मलाई यति रमाइलो ठाउँ होला भन्ने लागेको थिएन, आएपछि यहाँको वातावरण र बनेका मन्दिर, सिसमहलले लोभ्यायो”, उहाँले भन्नुभयो, “एकपटकले मेरो धोको पुगेन, फेरी गर्मी याम सुरु भयो भने परिवारसहित नै आउने भनेका छौँ, हिमाल पनि नजिकैबाट देख्न पाइँदोरहेछ, गाउँघर पनि रमाइला देखिँदा रहेछन् ।”

फोटो- रासस