२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन समयमा मानिसले आफ्नै हातको औंला किन काट्ने गर्थे ?



अ+ अ-

एजेन्सी । संसारका वैज्ञानिक र पुरातत्वविद्हरूले पृथ्वीको रहस्य पत्ता लगाउन विभिन्न तरिकामा अध्ययन गरिरहन्छन् । यसैबीच नयाँ अध्ययनले चकित पार्ने कुरा खुलासा गरेको छ ।

यो कुरा थाहा पाउँदा तपाईलाई छक्क पर्नुहुनेछ । यो अध्ययनले पुरानो समयमा मानिसहरुले आफ्नो औंला काट्ने गरेको खुलासा भएको छ ।

एक मिडिया रिपोर्टका अनुसार अनुसन्धानकर्ताहरूले पश्चिमी युरोपमा प्यालेओलिथिक युगमा धार्मिक अनुष्ठानका लागि पुरुष र महिलाले आफ्नो औंला काट्ने गर्दथे । त्यसको प्रमाण रहेको पनि उनीहरुले जानकारी दिएका छन् ।

गुफामा यस्ता सयौं चित्रहरु भेटिएको अनुसन्धानकर्ता बताउँछन् । जसमा कम्तिमा हातको एक भाग हराइरहेको देखाइएको छ । क्यानडाको भ्यानकुभरको साइमन फ्रेजर युनिभर्सिटीका पुरातत्वविद् प्रोफेसर मार्क कोलार्डले भनेका छन् कि त्यहाँ मानिसहरूले जानाजानी आफ्नो औंलाहरू देवताहरूसँग मद्दत माग्नको लागि अनुष्ठानको रूपमा काटेको हुनसक्ने बलियो प्रमाण छ ।

कोलार्ड नेमले हालै युरोपियन सोसाइटी फर ह्युमन इभोलुसनमा आफ्नो अध्ययनको पेपर प्रस्तुत गरे । यसमा फ्रान्स र स्पेनमा २५ हजार वर्ष पुरानो हातले कोरिएका चित्रहरू छन् । २०० प्रिन्ट मध्ये प्रत्येक कम्तिमा एक औंला हराइरहेको थियो । कतिपयमा माथिल्लो भाग मात्रै हराइरहेको थियो भने कतिपयमा धेरै औंलाहरू हराएका थिए । उनले भनेका यी कुरा सन् २०१८ को एक अध्ययनमा प्रकाशित भएका छन् ।

यस अध्ययनले देवताहरूलाई खुसी पार्न आफ्नो शरीरका अंगहरू काट्ने गरेको उल्लेख छ । कोलार्ड र उनका पीएचडी विद्यार्थी ब्रे म्याककाउलीले हातले कोरेका चित्रहरू मार्फत देखाए कि यो धेरै पुरातन समाजहरूमा पनि भएको थियो ।

यी दुवैले पुरातन समयमा पनि यस्तो हुने गरेको र आज पनि भइरहेको बताए । उनले भने कि न्यू गिनी हाईल्याण्ड्सका महिलाहरूले आफ्नो प्रियजनको मृत्युको संकेतको रूपमा आफ्नो औंलाहरू काट्छन् ।

उनले भने कि हामी विश्वास गर्छौं युरोपेलीहरूले पनि प्यालेओलिथिक कालमा यो गरे, तर तिनीहरूको यसो गर्नुको कारण फरक हुन सक्छ । उनले यो अभ्यास सधैं नियमित नभई इतिहासमा बेलाबेलामा आएको हो भन्ने विश्वास रहेको बताए ।